
काठमाडौँ : बंगलादेशमा एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ । टोलीको आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

बंगलादेशको ढाकामा मंगलबार सम्पन्न प्रतियोगितामा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएर लगातार दोस्रोपटक उपाधि उचालेको थियो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।



युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मा, उपाधि निरोज मास्के लगायतले टोलीलाई स्वागत गरेका थिए ।

टोलीलाई बाजा बजायर स्वागत गरिएको थियो । मंगलबार सम्पन्न सेन्ट्रल जोनमा महिला टोलीले उपाधि जित्दा पुरुष टोली चौथो भएको थियो । सेन्ट्रल जोनमा महिलातर्फ ६ राष्ट्र सहभागि भएका थिए ।
पुरुषतर्फ भने ५ टिम सहभागि रहेकोमा नेपाल तेस्रो स्थानको लागि भएको खेलमा उज्वेकस्तानसंग पराजित हुँदै चौथो भएको थियो ।