बालुवाटार जग्गा प्रकरण: अख्तियारले भाटभटेनीका संचालकसहित ८६ जनालाई बोलायो

काठमाडौं । ललिता निवास भित्र पर्ने बलुवाटारको जग्गा अतिक्रमणका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८६ जनालाई बयानका लागि बोलाएको छ।

 

बिज्ञापन

अख्तियारले नाती काजी महर्जनसहित ८६ जनालाई सात दिनभित्र आयोगमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको हो।

 

बुधबार जारी गरिएको सूचनामा बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, काठमाडौं डिल्लीबजारका कर्मचारीको मिलोमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिलाई जग्गाधनी र मोही काय गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोरोको उजुरीको अनुसन्धानको सिलसिलमा केही बुझ्नु पर्ने भएकोले यो म्याद प्रकाशित गरिएको उल्लेख गरिएको छ।

 

सूचनामा भाटभाटनीका संचालक मिनबहादुर गुरुङका छोरा कल्याण गुरुङ, त्रिताल आयोगले भूमाफिया भनेर किटानी गरेका शोभाकान्त ढकालकी श्रीमती उमाकुमारी ढकाल र छोरी लक्ष्मी ढकाल, रामकुमार सुवेदीका श्रीमती माधवी सुवेदीलाई बयानका लागि आयोगले बोलाएको छ ।