निषेधाज्ञाको निर्णय गर्न उपत्यका तीन जिल्लाका सीडीओको बैठक बस्दै

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय लिनको लागि आज मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारी सीडीओहरुको बैठक बस्दैछ ।
बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका साथै कोरोना नियन्त्रणका सम्बन्धमा थप निर्णय लिइने बताइएको छ ।

उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि बुधबार भोलि मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । आजको बैठकले निषेधाज्ञाको अवधि थप एक साता बढाउने निर्णय गर्ने बताइएको छ । त्यसो त निषेधाज्ञाका लागि यसअघि नै मन्त्रिपरिषद् बैठकले दुई साताका लागि निषेधाज्ञा गर्न बाटो खोलिसकेको छ ।