गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

काठमाडौं– गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ।

 

प्रधानको बिहीबार दिउँसो सुन्धारास्थित काठमाडौं न्यूरो एण्ड जनरल अस्पतालमा उपचारका क्रममा निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए ।

 

८५ वर्षीय प्रधान वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए।