६ जना मन्त्रीलाइ हटाएर योगेश भट्टराई सहित ६ जनालाइ ल्याइदै !

काठमाडौ । सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ।

 

बिज्ञापन

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तिमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

 

सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुबै अध्यक्ष गृहकार्यमा जुटेका छन्।

 

ओली प्रचण्डले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका छन्।

 

प्रधामन्त्री ओलीले सांसद महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटार बोलाएका छन्।

 

त्यस्तै अर्का अध्यक्ष दाहालले मन्त्री बन्न आकांक्षी सांसदहरु जनार्दन शर्मा, प्रभु शाह र देवेन्द्र पौडेलललाई आफ्नो निवास खुमलटार बोलाएका छन्।

 

अध्यक्षद्वयले सांसदहरुसँग छलफल गरेपछि मन्त्रिमण्डलमा हेरफेर हुने उच्च श्रोतले बताएको छ।

 

तर, कुन -कुन मन्त्रीलाई हटाउने भन्नेबारे केही खुलाइएको छैन।