
काठमाडौँ : नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले जनताको स्वास्थ्यमाथि खेलवाड गर्नेहरू महाअपराधी भएको बताएका छन् । २४ लाख कोरोना विरुद्धको खोप हराएको समाचार बाहिरिएपछि सामाजिक सञ्जाल मार्फत उपसभापति गुरुङले यस्तो बताएका हुन् ।
उनले कोरोना खोप हराएको सन्दर्भमा छानविन समिति गठन गरि दोषीलाई कडा कारबाही गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् । उनले कोरोना विरुद्धको खोप हराएको सन्दर्भमा प्रधानमन्त्रीले चासो राख्दा उत्तम हुने बताएका छन् ।
नेपालमा खोप अभियानको एक वर्ष पुगेको अवसरमा स्वास्थ्य मन्त्रलायले हालसम्म तीन करोड डोज खोप लगाइएकाे र २४ लाख खोप हराएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
भने यसअघि विभिन्न सञ्चारमाध्यमहरुले कोरोना खोप हराएको समाचारहरु प्रकाशित गरेका थिए ।