बी ग्रेड ल्याएर उत्तीर्ण भएकी चौधरीलाई प्रधानमन्त्रीको बधाई | OmkarTimes.com

काठमाडौँ । नेकपा सांसद शान्ता चौधरीले एसईईमा बी ग्रेड ल्याएर उत्तीर्ण भएकी छिन् ।

 

बिज्ञापन

लामो समय कम्लरी जीवन व्यतित गरेकी चौधरीले साक्षर हुने सपनाबाट जीवन अघि बढेको बताएकी छिन् ।

 

एसईई उत्तीर्ण भएलगत्तै प्रधानमन्त्री केपी ओलीले फोन गरेर बधाई दिएको चौधरीले बताएकी छिन् ।

 

साथैउपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, दलका उपनेता सुवासचन्द्र नेम्वाङ तथा मन्त्रीहरूले पनि फोन गरेर बधाई दिइको र अहिले पनि बधाईको ओइरो आइरहेको उनले बताइन् ।

 

माध्यमिक तहमा नियमित विद्यालय जान नपाएकी चौधरीले प्लस टुमा नियमित कलेज जाने बताइन् । सत्तारुढ दलकी सचेतक रहेकी चौधरीले दैनिक कलेज गएर पढ्ने धोको बाँकी नै रहेको समेत सुनाइन् । बी ग्रेड मात्रै आएकाले मानविकी सङ्कायमा राजनीति शास्त्र लिएर पढ्ने उनको इच्छा रहेको छ ।