
काठमाडौँ उपत्यकाका अधिकांश अस्पतालहरुमा आइसियु अभाव भएसँगै संक्रमितहरु हेलिकॉप्टरबाट उपत्यका बाहिर जाने गरेको पाइएको छ।

कोरोनाका कारण संक्रमितहरुमा अक्सिजनको मात्रा घट्ने भएकाले आइसियुको आवश्यकता हुने गर्छ।यस्तो अवस्थामा काठमाडौंका अस्पतालहरुमा अक्सिजन र आइसियु अभाव हुदाँ शनिबार केही संक्रमितलाई पोखरा र झापा लगियो।बाग्लुंगका ४३ वर्षिय पुरुष उपत्यकाका अस्पतालमा आइसियु नपाएपछि हेलिकोप्टर मार्फत पोखरास्थित चरक अस्पताल पुगेका छन्।



निजी तथा सरकारी दुवै अस्पतालहरुमा हाल व्यापक खोजी गर्दा पनि आइसियु र बढी क्षमता भएको अक्सिजन पाउन कठिन भएको बिरामीहरुको गुनासो हुने गर्छ।आइसियुको अभावले अन्य दुई बिरामीहरु पनि शनिबारका दिन उपत्यका बाहिर गएको उपचारमा संलग्न भोलुन्टियर समुहले जानकारी दिएको हो।यो समुह अक्सिजन अभावका कारण कुनै पनि अस्पतालमा उपचार नपाउने बिरामीका लागी अन्य ठाउँमा शय्याको व्यवस्थापन गरिदिने कार्यमा संलग्न छ।

केही दिनको अवधिमा नै हेलिकोप्टरबाट झापाको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा १० जना बिरामी आइसियुका लागी पुगेको अस्पतालमा संचालक दुर्गा प्रसाईँले बताए।