
हाल सामाजिक संजालमा हर कोहिले एक अत्यन्त मार्मिक कविता सेयर गरिरहेका छन्।कवि अर्जुन पराजुलिले आँफ्नो फ़ेसबुक वालमा पोस्ट गरेको यो कविता केही क्षण पश्चात नै भाइरल बन्यो।यस कवितामा कोरोना महामारीले रुघ्ण बनाएको एक रोगीले सरकारसमक्ष एक सिलिन्डर अक्सिजनको अपेक्षाको भाव झल्किन्छ।
सरकार!
तेरो पानी जहाज लैजा
चुच्चे रेल लैजा
तेरो स्मार्ट शहर लैजा
समृद्धिको भेल लैजा
तेरो उद्घाटन लैजा,शिलन्यास लैजा
पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा
मेरा बाको औँठी लैजा,घडी लैजा
मेरी आमाको तिलहरी लैजा
सरकार !
यी सबैको बदलामा तैँले
मलाई एक सिलिन्डर अक्सिजन दे !!