
गौरादह/कृष्ण जन्माष्टमीकाे अवसर गाौरादहमा श्रीकृष्ण रथयात्रा निकालिएकाे छ। गौरादह -१ काे राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्राले गौरादह बजार क्षेत्र परिक्रमा गरि पेट्रोल पम्प हुँदै पुन राधाकृष्ण मन्दिर आएकाे थियाे।

रथयात्रा मुल समाराेह समितिकाे आयाेजनामा निकालिएको रथयात्रामा नगरपालिका भित्रका संघ संस्था, मठ मन्दिर, भजनकृतन मन्डली, बिद्यार्थी, र सर्वसाधारण नागरिकहकाे उल्लेख्य मात्रामा सहभागीता रहेकाे थियाे।श्रीकृष्ण रथयात्रामा नगरपालिका भित्रका संघ संस्था तथा भजनकृतन मण्डलीहरु ब्यानर सहित उपस्थिति जनाएका थिए।



गौरादह -७ ठकठकेका महिलाहरुले बजाएकाे नौमती बाजाका साथ निकालिएको रथयात्रामा यश क्षेत्रका कला संस्कृतिहरु लाखे तथा सतार नाच रहेकाे थियाे। कृष्ण जन्माष्टमीका अवसरमा रथयात्रा मुल समाराेह समितिले जनैपुर्णिमाका दिन देखि विभिन्न कार्यक्रम गर्दै आएकााे थियाे। राधाकृष्ण मन्दिर परिषरमा भजनकृतन गर्दै रथयात्राकाे अघिल्लो दिन नरिवल, मट्का फाेर लगायतका खेलकाे आयाेजना गरेकाे थियाे।

श्रीकृष्ण जन्माष्टमीकाे अवसरमा गौरादह -७ काे ग्वालडुब्बा बजारमा पनि रथयात्रा निकालिएको थियाे।ग्वालडुब्बा बजार व्यवस्थापन समितिकाे उपस्थितिमा संकर स्वर्णाकारकाे संयाेजकत्वमा रथयात्रा उपसमिति बनाई श्रीकृष्ण जन्माष्टमी मनाएकाे हाे।
ग्वालडुब्बा बजारमा श्रीकृष्णकाे मन्दिर बनाइ रथयात्रा सुरु गरिएकाे थियाे।बजारबाट निकालिएको रथयात्राले राधाकृष्ण मन्दिर हुँदै प्रगति मा.बि. शान्ति चौक भएर पुन ग्वालडुब्बा बजारमा आई बिसर्जन गरिएकाे रथयात्रा उपसमितिका संयाेजक संकर स्वर्णाकारले जानकारी गराए।बिहान रथयात्रा निकालेर दिउसाे नरिवल, मट्काफाेर, म्युजिकल चियर र हन्डी फुटाई,कवडी लगायतका खेल संचालन गरिएकाे संयाेजक स्वर्णकारले बताएका छन।