
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नेपालमा कोरोना भाइरस संक्रमण चिन्ताजनक अवस्थामा पुगेको जनाएको छ । भारतसँगै नेपाल, श्रीलङ्का, भियतनाम, थाइल्यान्डको अवस्था चिन्ताजनक भएको उसले जनाएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय सहयोगका लागि पनि डब्ल्युएचओले आह्वान गरेको छ ।

डब्ल्युएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले नेपालमा कोरोना महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताएका हुन् । नेपालमा अस्पताल भर्ना हुनुपर्ने बिरामी बढिरहँदा बेड र अक्सिजन नै उपलब्ध हुन नसक्ने अवस्था आएकोभन्दै संगठनले चिन्ता व्यक्त गरेको हो । संगठनले अबका दिनमा थप जटिलता आउनेतर्फ सचेत पनि गराएको छ ।
बिज्ञापन



