भोलिबाट ‘भेरोसेल’ खोपको दोस्रो डोज लगाइँदै

काठमाडौं : काठमाडौंमा भोलिदेखि कोरोना भाइरस विरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज लगाइँदै छ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर खोप लगाउन सकिने उल्लेख गरिएको छ ।

सूचना अनुसार चैत २५, २६, २७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाले जेठ २ गते, चैत २९ र ३० गते लगाएकाले जेठ ३ गते, चैत ३१ र बैशाख २ गते खोप लगाएकाले जेठ ४ गते, बैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, बैशाख ५ र ६ गते खोप लगाएकाले जेठ ६ गते दोस्रो डोज लगाउन सक्नेछन् ।

बिज्ञापन

यस्तै, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेठ ७ गते, बैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, बैशाख १३ गते पहिलो डोज लिएकाले जेठ ९ गते दोस्रो डोज लिन सक्नेछन् ।

बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेठ १० र बैशाख १५ गते खोप लिएकाले जेठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन् ।
काठमाडौंमा संक्रमण फैलिरहेको अवस्थामा धेरै भिडभाड हुन नदिन यसपटक काठमाडौंमा करिब ५० वटा खोप केन्द्रहरुको व्यवस्था गरिएको छ । पहिलो डोज भने निश्चित अस्पताल र स्वास्थ्य केन्द्रबाट मात्रै प्रदान गरिएको थियो ।

दोस्रो डोज भने काठमाडौं महानगरपालिकाको ३२ वटै वडाबाट प्रदान गरिनेछ । त्यसका लागि ३२ वटा खोप केन्द्रहरु छुट्याइएको छ ।
चीनमा उत्पादित ‘भेरोसेल’ खोप दिन चैत २५ बाट लगाउन सुरु गरिएको थियो । चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।