
इजरायल र प्यालेस्टाइनलाई युद्ध अन्त्य गर्नका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनले आग्रह गरेका छन् ।

जारी युद्धलाई लिएर निक्कै तनावमा देखिएका बाइडेनले तत्काल त्यसको अन्त्य गर्न आग्रह गरेका हुन् । शनिबार राति दुवै देशका नेताहरुसँग टेलिफोन संवाद गर्दै उनले तत्काल हिङ्सा अन्त्यका लागि आह्वान गरेका हुन् ।



बाइडेनले इजराईली राष्ट्रपति बेन्जामिन नेतेन्याहु र प्यालेस्टीनी नेता महमुद अब्बासँग फोन वार्ता गरे । इजरायल र प्यालेस्टाइनबीचको विवादास्पद पश्चिम किनारा र गाजा पट्टीमा विगत छ दिनदेखि युद्ध जारी छ ।

पछिल्लो पटक इजरायलले सेनाको रकेट आक्रमणबाट प्यालेस्टाइनको एउटा शरणार्थी शिवरमा आश्रय लिइरहेका १० जना मारिएका छन् । यसैगरी प्यालेस्टाइनमा विदेशी मिडियाहरुको कार्यालय रहेको टावरलाई पनि उसले ध्वस्त बनाइदिएको छ । मध्यपूर्वको अवस्था जटिल बन्दै गएपछि सङ्युक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक आज आइतबार बस्दैछ ।