
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायमा थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
बिज्ञापन



आज चाँदीको मूल्यमा पनि तोलामा पाँच रुपैयाँले वृद्धि हुँदै प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भएको छ ।
