पछिल्लो २४ घण्टामा १९६ को मृत्यु, ८२०३ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार २०३ जनामो कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९७९ जनाको परीक्षण गर्दा आठ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी २४ घण्टामा ६ हजार ८९१ जनाले कोरोना जितेका छन् भने १९६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या तीन लाख ५२ हजार ४१४ पुगेको भने मृत्यु हुनेको संख्या पाँच हजार ४११ पुगेको छ । यस्तै २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ । क्वारेन्टाइनमा ७५२ जना छन् ।