लमजुङमा ५.८ को भूकम्प,काठमाडौंमा समेत धक्का

बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ ।

यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।