खच्चडमा सिमेन्ट बोकाएर लादै गर्दा भिरबाट खसेर एकजनाको मृत्यु

मुगु । भिरबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मुगम कामारोङ्ग क्षेत्रमा खच्चडमा सिमेन्ट बोकाएर लिदै गर्दा मुगुम कार्मारोङ्ग गाँउपालिका–७ मह गाँउको रुद्धीपानी भन्ने स्थानको भिरबाट खसेर एक जनाको मृत्यु भएको हो ।

 

मृत्युहुनेमा छाँयानाथ रारा नगरपालिका– १२ लुम्स गाँउका ४२ वर्षीय उमा कान्त ऐडी रहेका छन् ।

 

उनको मुगुमा कार्मारोङ्ग गाँउपालिका–७ मह गाँउमा योजनाको सिमेन्ट आफ्नै खच्चडमा ढुवानी गराएर जाँदै गर्दा सोही गाँउपालिका–७ रुद्धिपानी भन्ने स्थानको भिरबाट खसेर ऐडीको मृत्यु भएको हो ।

 

मृतक ऐडि सोही गाँउपालिका–८ ढुङ्गेधारा भन्ने स्थानमा होटल ब्यवसाय संचालन गर्दै आएका थिए । बिहीबार लुम्स गाँउबाट खच्चडमा सिमेन्ट ढुवानी गरेर मह गाँउ जादै गर्दा बेलुकि ५ बजे करीब १ हजार ५ सय मिटर तल खसेका थिए ।

 

उनको लास भेट्टिएको पुलु प्रहरी चौकिका प्रहरी लक्ष्मण अधिकारीले जानकारी दिएका छन् ।

 

घटना स्थल भन्दा १ हजार ५ सय मिटर तल खस्दा मृतक ऐडिको टाउको उप्किएको र शरीर भरी कोतारिएर रगतम्य अबस्थामा भेट्टिएका थियो ।