चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको मृत्यु

एजेन्सी । चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएकामध्ये अन्य ५ जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगीहरू भने सम्पर्कमा रहेको अधिकारीहरूले जनाएका छन् ।

 

बिज्ञापन

चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो । प्रतियोगिता भइरहेको बेला एक्कासी मौसम खराब भएपछि कठाङ्ग्रिएर प्रतियोगीहरूको मृत्यु भएको जनाइएको छ ।

 

पर्यटकीय क्षेत्रको रूपमा चर्चित बैयीन सहरको जङताइ भन्ने ठाउँमा स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे यो घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । मौसम अचानक गडबड भएर प्रतियोगीहरूलाई असर गरेपछि तत्कालै घटनास्थलमा उद्धारकर्ताहरू परिचालन गरिएको थियो । उनीहरूले नै मृतक र घाइतेहरूलाई उद्धार गरेका थिए ।