
काठमाडौँ– नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टी सभापति शेरबहादर देउवाविरुद्ध मिथ्या आरोप लगाएको भन्दै पार्टीका महासमिति सदस्य राजेन्द्र बजगाईलाई कारवाहीको माग गरेको छ ।

बिज्ञापन



दलका अध्यक्ष जितजङ्ग बस्नेतद्वारा जारी विज्ञप्तिमा पार्टीका नेताविरुद्ध हुने यस्ता गतिविधि सह्य नहुने भन्दै बजगाईलाई चेतावनी समेत दिइएको छ ।

शुक्रबार बजगाईले सभापति देउवाले पार्टीको विधिविधान विरुद्ध काम गरेको भन्दै हदैसम्मको कारवाहीको माग गर्दै अनुशासन समितिमा उजुरी दिएका थिए ।
सो उजुरीप्रति आपत्ति जनाउँदै तरुण दलका अध्यक्ष बस्नेतले बजगाईलाई पार्टीको हित र आचरण विपरित पार्टी नेतालाई मिथ्या आरोप लगाएको भन्दै अनुसाशनको कारबाही गर्न मागसमेत गरे । उनले पार्टी नेताको मर्यादा रक्षा र पार्टीको रक्षाका लागि तरुण दल ठोस कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।