
झापा । बिर्तामोडका व्यापारी र स्थानीयहरूले आइतबार हिलाम्मे सडकमै धान रोपेर धान दिवस मनाएका छन्।
सडकको धुलो र हिलोबाट पीडित बिर्तामोडका व्यापारी र स्थानीयले निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै पानी जमेको हिलाम्मे सडकमै धान रोपेर विरोध जनाएका हुन्।
बिर्तामोडको मुक्तिचोकदेखि भद्रपुर जोड्ने चार लेनको सडक खण्डको निर्माण कार्य १४ महिनाअघि सुरु भएको थियो। निर्माण कम्पनी र सम्बन्धित निकायले निर्माण कार्यमा ढिलासुस्ती गर्दा सो सडक खण्डको अवस्था बिजोग बनेको छ।
भद्रपुर रोडको यस्तो दुर्दशालाई सरकार समक्ष पुर्याउन स्थानीयले विरोध स्वरूप सडककै धान रोपेको एक व्यपारीले बताएका छन् ।