
तनहुँको छाब्दी खोला दोभानमा पहिरोले पुर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षकी सरस्वती घर्ती रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको व्यास–१ निर्मल नगर स्थित छाब्दी खोला दोभान नजिक एक तले कच्ची घरमा गएराति १ बजे पहिरो जाँदा महिलाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए।
बिज्ञापन



घर पछाडिबाट खसेको पहिरोले काठको बलो खसेर पुर्दा महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उहाँलाई उपचारका लागि लैजाने क्रममा बाटो मै मृत्यु भएपछि घर फर्काइएको प्रहरीले जनाएको छ ।

घरको एउटा कोठामा क्षति भएपनि अन्य कोठा र अरू मानवीय क्षति भने भएको छैन । घरका अरू सदस्यहरु फरक कोठामा सुतेका कारण अरू भने बाँच्न सफल भएको प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।
जिल्लामा केही दिनदेखि निरन्तर वर्षा भइरहेको छ ।