
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ ।

बिज्ञापन



शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ । यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३५५ रुपैयाँ पुगेको छ ।
