सात प्रदेश र ७५३ स्थानीय तहले कति रकम पाए  (सूचीसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको छ ।

बिज्ञापन

वित्तीय सामान्यीकरण, समपूरक, सशर्त र विशेष अनुदान शीर्षकमा सो बजेट छुट्याइएको हो ।

७५३ स्थानीय तहमध्ये महानगरपालिकाहरुमा १० अर्ब ९ करोड, उपमहानगरपालिकामा ९ अर्ब ७६ करोड, नगरपालिकामा १ खर्ब २३ अर्ब ९६ करोड र गाउँपालिकामा १ खर्ब ३९ अर्ब १९ करोड रुपैयाँ हस्तान्तरण भएको छ ।

प्रदेश र स्थानीय तह अनुसार कति छ बजेट ? हेर्नुस् सूची