बजेटले कुनै राहत दिएको छैन : नेपाली काँग्रेस

काठमाडौं : नेपाली कांग्रेसले अध्यादेशमार्फत सरकारले ल्याएको बजेटले कुनै राहत दिन नसकेको बताएको छ । सोमबार पत्रकार सम्मेलन गरेर कांग्रेसले देश र जनता अन्धकारको सुरुङमा धकेलिएका बेला सरकारले सुरुङ युगको नारा दिएको बताएको छ ।

कांग्रेसले गठन गरेको छाया सरकारका अर्थमन्त्री डा. मीनेन्द्र रिजालले सरकारले ल्याएको अध्यादेश बजेटबारे संसद् पुनर्स्थापनापछि बन्ने गठबन्धन सरकारले निर्णय गर्ने बताए । सरकार कहिल्यै वास्तविक धरातलमा नउभिएको जिकिर गर्दै उनले पञ्चायत र राजाको प्रत्यक्ष शासनकालमा पनि सर्वोच्च अदालतले न्याय दिएकोले अहिले पनि अदालतले संविधानको पक्षमा फैसला गर्ने बताए ।

बिज्ञापन

तत्कालीन गर्नुपर्ने कामबाट पन्छिएर सस्तो लोकप्रियताका लागि सरकारले विभिन्न नारा दिएको र कार्यान्वयन नै हुन नसक्ने बजेट सरकारले ल्याएको रिजालले जिकिर गरे ।