मोरङमा घरको बरण्डाबाट लडेर एक जनाको मृत्यु | OmkarTimes

मोरङ । बेलबारीमा घरको बरण्डाबाट लडेर एक जनाको मृत्यु भएको छ ।

 

बिज्ञापन

बेलबारी–९ का ६० वर्षीय शुकदेव चौधरी आइतबार राति शौचालय जाने क्रममा टाँडे घरको बरण्डाबाट लडेर घाइते भएका थिए ।

 

घाइते चौधरीलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।