
काठमाडाैं नागरिकता अध्यादेश विरुद्ध परेको रिटमाथीको सुनुवाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा हुने भएको छ। सरकारले ल्याएको यो अध्यादेश विरुद्ध ६ वटा रिट परेको यियो।

रिट सुनुवाई गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठ न्यायाधीश सम्मिलित इजलास गठन गरेका छन्। न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलीत इजलास गठन गरिएको हो।
बिज्ञापन




खतिवडाभन्दा अघिको वरियतामा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भएपनि उनी अस्वस्थताका कारण होम आइसोलेसनमा छन्। रिट निवेदकले अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज गर्न माग गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले ९ जेठमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन्।