सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार

काठमाडौं । सिरहामा औषधी व्यवसायीलाई अज्ञात समूहले गोली हानेर भागेको छ ।

मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथि गएराती अज्ञान समूहले गोली प्रहारी गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

४० वर्षीय साफीको हात र तिघ्रामा गोली लागेको छ । रामसागरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।