
भारतमा कोरोना संक्रमितको संख्या लगातार घट्दो क्रममा छ । मंगलबार लगातार दोस्रो दिन नयाँ संक्रमितको आँकडा एक लाखभन्दा कम रहेकाे छ । मंगलबार ९२ हजार ७१९ जनामा कोरोना पुष्टि भयो र २ हाजर २२२ जनाको संक्रमणका कारण ज्यान गयो ।

यतिबेला १ लाख ६२ हजार २८० संक्रमितले कोरोना जितेका छन् ।
बिज्ञापन



पछिल्लो १५ दिनमा सक्रिय संक्रमितमा १३ लाख ५४ हजार ९७८ को कमी देखियो । भारतमा २४ मेमा २५.८१ लाख सक्रिय संक्रमित थिए जुन घटेर १२.२६ लाख भएको छ ।
