रौतहटमा थप दुई कोरोना संक्रमितको मृत्यु

अनिल यादव/रौतहट : कोरोना संक्रमणका कारण रौतहटमा थप दुई जनाको मृत्यु भएको छ । गएराति एकजना र सोमबार बिहान एकजना गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

रौतहटको प्राथमिक स्वास्थ्य केन्द्र कटहरीयामा उपचारका क्रममा कटहरिया नपा वडा नं. ९ का ४८ वर्षीय एक पुरुषको गए राति मृत्यु भएको थियो भने सोमबार बिहान गौरमा रहेको अस्थायी कोविड अस्पतालमा सर्लाही बलरा ३ की ५६ वर्षिया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बिज्ञापन

कोरोनाका कारण रौतहटमा मृत्यु हुनेको संख्या १८ पुगेको छ । हिजो मात्रै दुई जनाको गौरमा र एक जनाको नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा उपचाररत अवस्थामा मृत्यु भएको थियो ।