
भारतको रक्षा मन्त्रालयले सेनासँग सम्बन्धित जानकारीहरू गोपनीयताको सूचीबाट हटाएर अब सार्वजनिक गर्ने घोषणा गरेको छ । देशमा हालसम्म भएका युद्ध, सैन्य अभियान र सेनासँग सम्बन्धित जानकारीहरू भारतले आम रूपमा सार्वजनिक गर्ने घोषणा गरेको हो ।

बिज्ञापन



रक्षामन्त्री राजनाथ सिंहले युद्ध, युद्धका क्रममा भएका संवाद, सैन्य अपरेशन र सेनाको इतिहाससँग जोडिएका जानकारीलाई गोपनियताको सूचीबाट हटाएर सार्वजनिक गर्ने नीतिलाई मन्जुरी दिएको भारतको रक्षा मन्त्रालयले शनिबार ट्वीटरमार्फत जानकारी दिएको छ ।

युद्धसम्बन्धी इतिहास समय-समयमा प्रकाशित भएमा मानिसहरूले घटनाको सही जानकारी पाउने, शैक्षिक सोधका लागि प्रामाणिक सामग्री उपलब्ध हुने र गलत अफवाहबाट जोगिन मद्दत पुग्ने रक्षा मन्त्रालयको विश्वास छ । सरकारले यी जानकारीहरू प्रकाशनको मन्जुरी र जिम्मेवारी इतिहास विभागलाई दिएको छ ।