इटहरीका आदिवासी थारु अब ‘प्रथम जाति’ घोषणा

इटहरी । इटहरीका आदिवासी थारु समुदायलाई प्रथम जाति घोषणा गरिएको छ । शुक्रबार इटहरी उपमहानगरपालिकाको एघारौं नगरसभाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।उपमेयर संगीता चौधरीले सार्वजनिक गरेको घोषणामा भनिएको छ, ‘इटहरीमा प्राचीन कालदेखि बसोबास गर्दै आइरहेको थारु समुदायलाई प्रथम जातिको रुप घोषणा गरिएको छ । सो जातिका उक्त जातिको विकासको लागि रु ३० लाख विनियोजिन गरिको छ । सो सम्बन्धित कार्यक्रमहरु उक्त जातिको प्रभुत्व व्यक्ति र जनप्रतिनिधहरुको परामर्शमा तय गरिनेछ ।’

नीति, कार्यक्रम र बजेटका मुख्य ६ विशेष कार्यक्रमहरुमा एक प्रमुख कार्यक्रम प्रथम जाती घोषणा गरिएको हो । अन्य पाँच विषेश कार्यक्रमहरुमा बुढी गंगा जमुना मुक्तीघाटको थप विकास गरी धार्मिक पर्यकीय क्षेत्रको रुपमा संरक्षण र प्रवद्र्धन गर्ने, इटहरी बसोबास गर्ने ऐतिहासिक बहुसंख्यक थारु जातिहरुको सम्पदाको रुपमा ग्रामथानहरुलाई संरक्षण प्रबद्र्धन गर्ने, इटहरी ५ मा रहेको पञ्च महालक्ष्मीसतसँग सामुदायिक भवनलाई प्रदेशस्तर सामुदायिक भवनकोविकास नीति लिने, विभिन्न जाति समुदायहरुको आ–आप्mनो जातिय धर्म संस्कृति परम्परा अनुसारका शव दाह स्थलहरुलाई यथोचित विकास गर्ने रहेका छन् ।यस्तै, घाटसम्म सरकार कार्यक्रमसञ्चालिन गरिनेछ । सो कार्यक्रम अन्तरगत २ वटा शवबाहन खरिद गरी इटहरी क्षेत्रभित्रका नागरिकहरुको मृत्यु भएको शवलाई स्थानीय घाटसम्म निःशुल्क पुर्याउने व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बिज्ञापन

२ अर्ब १८ करोड ६ लाख १० हजारको अनुमानित बजेट पेश भएको छ । जसमा संघीय सामानिकरण अनुदान ३४ करोड ९७ लाख, संघीय ससर्त अनुदान ४६ करोड ७७ लाख, संघीय समपुरक अनुदान ४ करोड ५० लाख, संघीय विशेष अनुदान ९ करोड, प्रदेश समानिकरण अनुदान १ करोड ९९ लाख ६० हजार, प्रदेश ससर्त अनुदान २ करोड ९५ लाख ५२ हजार, प्रदेश समपूरक अनुदान १ करोड, संघीय राजश्व बाडफाँड १८ करोड ३७ लाख २ हजार, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) २ करोड ९ लाख २० हजार, प्रदेश राजश्व बाँडफाँड मालपोत रजिष्ट्रेशन ३२ करोड, आन्तरिक श्रोतबाट ३६ करोड ५ लाख, नगद मौज्दात परिर्वनबाट २७करोड ९८ लाख ९८ हजार र आसमान नेपालको साझेदारी रकम ३७ लाख ७८ हजार रकम जोडिएको छ ।बजेटले २००० बिपन्न परिवालाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याएको छ । यस्तै, स्वास्थ्य विमामा आबद्ध भएका व्यक्तिहरुको रेफर गर्ने प्रक्रियालाई सेवा विस्तार गरि वडास्तरीय स्वास्थ्य केन्द्रबाट रेफर गर्ने प्रक्रियालाई विस्तार गर्ने कार्यक्रम समेटिएको छ ।