प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएन्न

काठमाडौ । प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएका छैनन् । १२ मंसिर २०७३ मा खलंगा बजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेयलगायतका २१ थान पुरातात्वित्क महत्त्वका मूर्ति चोरी भएका थिए ।

 

बिज्ञापन

चोरी भएको झन्डै एक महिनासम्म स्थानीयले दैनिकजसो प्रशासन घेराउलगायतका विरोधका विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालसहित केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले जुम्ला पुगेर मूर्ति चोरीबारे अनुसन्धान गरेको थियो ।

 

तर, अहिलेसम्म पनि अनुसन्धानको नतिजा आइसकेको छैन । जिल्ला प्रहरी प्रमुख सीताराम रिजालले मूर्ति नभेटिएसम्म अनुसन्धान जारी रहने बताए ।

‘कोहलपुरमा शंख फेला परेपछि जुम्ला ल्याएर पहिचान र निर्माण कालको निर्क्यौल गर्न गुठी व्यवस्थापन समितिलाई देखाएका थियौं,’ उनले भने । उनले केन्द्रबाटै यसबारे अनुसन्धान भइरहेको बताए ।

 

मन्दिरबाट चोरी भएका मूर्तिमध्ये गुठीचौर गाउँपालिकाको देपालगाउँस्थित रोकायावाडा र वडारासडाको बीच बाटोमा १४ वटा मूर्ति र दुईवटा शंख बेवारिसे अवस्थामा फेला परेका थिए ।

 

चोरी भएको एक महिनापछि स्थानीयले  नजिकैको जंगलमा मूर्ति फालिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।