
सिन्धुली । सुनकोशी नदीअन्तर्गत सिन्धुली जिल्लामा तीन जनाको शव भेटिएको छ । बुधबार साँझसम्म पानीको सतहमा तैरँदै गरेका अवस्थामा शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका –५ मूलकोट, सुनकोसी –६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका –६ रत्नावतीमा बेवारिसे शव फेला परेको छ ।
कानढुङ्ग्री र मूलकोटमा पुरुषको शव भेटिएको र रत्नावतीमा भेटिएको शवको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए । सुनकोशीमा देखिएको शव निकाली परीक्षणका लागि सिन्धुलीमाढीतर्फ ल्याइँदै गरेको उनले जानकारी दिए ।