एमाले बझाङका नेता रोकायाको निधन

नेकपा (एमाले) का बझाङ जिल्ला कमिटी सदस्य एवं खप्तड पर्यटन विकास समितिका सदस्य मिश्र रोकायाको निधन भएको छ । खप्तडछान्ना गाउँपालिका–५ माझी गाउँका रोकायालाई दुई हप्ता अघि जिल्ला अस्पताल सिमखेतमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि जिल्ला अस्पताल सिमखेत र पछि थप उपचारका लागि डडेलधुरा प्रादेशिक अस्पताल लगिएको थियो ।

 

बिज्ञापन

पछिल्लो समयमा कोरोना रिपोर्ट नेगेटिभ आएको तीन दिनपछि उनको निधन भएको छ । थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भए पनि मौसमले साथ नदिएको परिवारले जनाएको छ ।  रोकाया वि.सं. २०७४ को चुनावमा खप्तडछान्ना गाउँपालिका अध्यक्षका उम्मेदवारसमेत भएका थिए ।

उनको निधनले खप्तड छान्ना गाउँपालिकाले एक असल अभिभावक गुमाएको रोकाया आफन्तसमेत रहेका वडाध्यक्ष भीम रोकायाले बताए । रोकायाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।  रोकायाको निधनमा एमाले सुदूरपश्चिमका नेता तथा पूर्वमन्त्री भानुभक्त जोशीले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।