भारतमा ६० हजार संक्रमित थपिए, १ हजार २६९ को मृत्यु

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ६० हजार संक्रमित थपिएका छन् । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ६० हजार ८०० जनामा संक्रमण भएको छ ।

 

बिज्ञापन

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९८ लाख २२ हजार ७६४ पुगेको छ ।

 

यो समाचार तयार पार्दासम्म भारतमा ७ लाख ६६ हजार ७१८ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन १ हजार २६९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ८५ हजार १६७ पुगेको छ ।