
मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले बढ्दै ९१ हजार रुपैयाँ पुगेको हो ।

गत आइतबार एकैदिन ८०० रुपैयाँले घटेर सुनको मूल्य गत सोमबार ४०० रुपैयाँले बढेको थियो भने, आज थप ६०० रुपैयाँले बढेर ९१ हजारमा उक्लिएको हो ।
बिज्ञापन



महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बढेर ९० हजार ५०० रुपैयाँ पुगेको छ ।

यता चाँदीको मूल्य भने मंगलबार पनि प्रतितोला ५ रुपैयाँले नै वृद्धि हुँदै एक हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।