मोरङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु | OmkarTimes.com

इटहरी । मोरङ्गको सुन्दरहरैचामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

 

बिज्ञापन

बिहीबार अपरान्ह ४ बजेको समयमा भएको दुर्घटनामा ना १ क ८४०६ नम्बरको ट्रिपरले ठक्करबाट साइकलयात्री सुन्दरहरैचा–६ का बलबहादुर राई मृत्यु भएको हो ।

 

सडकमा साईकल अनियन्त्रित भएर लडेका राईलाई पूर्व जाँदै गरेको टिपरले ठक्कर दिँदा गम्भिर घाईते भएका थिए । दुर्घटनामा गम्भिर घाईते भएका राईको उपचारको क्रममा बिराटनगर स्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।