क्यानाडामा अत्यधिक गर्मी: ब्रिटिश कोलम्बिया मात्रै ४८६ हाराहारीको मृत्यु

एजेन्सी: क्यानाडाको ऐतिहासिक अत्यधिक गर्मीका कारण अचानक मृत्यु हुनेको संख्या सयौं पुगेको छ।

बिबिसीका अनुसार क्यानाडाको उत्तर-पश्चिमी क्षेत्रको राज्य ब्रिटिश कोलंबियामा मात्रै पाँचदिन भित्र लगभग ४८६ जनाले ज्यान गएको बताए।

बिज्ञापन

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले पीडितहरुलाई संवेदना व्यक्त गरेका छन्, जसमध्ये अधिकांश बृद्ध रहेका थिए ।

बुधवार साँझ, ब्रिटिश कोलम्बियाको लिट्टन शहरलाई जंगली आगोको कारण खाली गरिएको थियो , त्यसको एक दिन पछि क्यानडामा सबैभन्दा उच्च तापमान ४९.५ डिग्री सेल्सियसकको मापन गरिएको थियो।