भारतमा पेट्रोल र डीजेलको भाउ बढ्यो, नेपालमा के होला? | OmkarTimes.com

काठमाडौं । भारतमा पेट्रोल र डीजेलको भाउ बढेको छ । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले शुक्रवार प्रस्तुत गरेको वार्षिक आयव्यय बजेटमा पेट्रोल र डीजेलको भाउ १–१ रुपैयाँ बढाउने घोषणा गरिएको हो ।

 

अर्थमन्त्रीको यो घोषणापछि अब पेट्रोल र डीजेलको मूल्य बढ्ने निश्चित छ । बजेटमा रोड यान्ड इन्फ्रास्ट्रक्चर सेस लगाउने घोषणा भएसँगै पेट्रोल र डीजेलको मूल्य बढ्ने भएको छ ।

 

भारतमा इन्धनको मूल्यवृद्धि भएसँगै नेपालमा पनि भाउ बढ्ने सम्भावना छ ।