पहिरोले घर पुर्दा गोरखामा एक दम्पतीको मृत्यु

काठमाडौँ : गोरखाको सिरानचोकमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ ।

सिरानचोक गाउँपालिका वडा नम्बर ७ मा पहिरोले घर भत्काउँदा एक दम्पतीको मृत्यु भएको हो ।

बिज्ञापन

गएराति स्थानीय ८६ वर्षका दामोदर पाण्डे र उनको पत्नी नन्दकुमारी पान्डेको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन् ।

गाउँपालिका अध्यक्ष राजु गुरुङले आज बिहान १० बजेतिर शव बाहिर निकालिएको जानकारी दिए ।