बक्सिङ च्याम्पियन माईक टाईसनले गाँजा रेसोर्ट खोल्ने | ओमकार टाईम्स

काठमाडौँ । पुर्व विश्व हेविवेट बक्सिङ च्याम्पियन माईक टाईसनले गाँजा रेसोर्ट खोल्ने भएका छन् ।

 

उनले ३ हजार ३ सय २५ रोपनीमा अमेरिकाको क्यालिफोर्नियामा गाँजा रेसोर्ट खोल्न लागेका हुन् । जहाँ गाँजा खेती गर्ने र गाँजा खेती सम्बन्धी तालिम दिने शिक्षालय पनि हुनेछ।

 

उनले उत्पादन गरेको गाँजा उनले बेच्ने लगायत ग्राहकले उनको रेसोर्टमा खान पनि पाउँने छन्। गाँजा किसानहरुका लागि उपयुक्त हुने शिक्षा दिने टाइसनले बताएका छन्।

 

उनको गाँजा रेसोर्टमा कन्सर्ट गर्ने स्थान पनि हुनेछ।