सरकारी कार्यालयबाट सेवा लिन खोप कार्ड अनिवार्य

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (डिसिसिएमसी)को बैठकले सरकारी सेवा लिन र होटल प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको हो । -रासस

बिज्ञापन