के  भोली २२ गते नेपाल बन्द हो? विप्लवको भनाइ यस्तो छ | OmkarTimes.com

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले यही असार २२ गते नेपाल बन्द आयोजना गरेको भन्दै विभिन्न अनलाइन सञ्चारमाध्यमले प्रेषित गरेको समाचारप्रति नेकपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

नेकपाले भनेको छ, ‘२२ गते पार्टीले कुनै बन्दको कार्यक्रम आयोजना गरेको छैन तर विभिन्न सञ्चारमाध्यममा बिनातथ्य बन्द भन्दै प्रचारप्रसार गरिएको पाइयो, यो गलत हो ।’

 

नेकपाका केन्द्रीय कार्यालय सचिव ध्रुवले २२ गते आफूहरूको बन्दको कार्यक्रम नभएको बताए । उनले देशभर प्रहरीले बिनाकारण चलाएको धरपकड र गिरफ्तारीप्रति आफूहरू गम्भीर रहेको बताए ।

 

उनले पूर्वका विभिन्न जिल्लाका गाउँमागाउँमा प्रहरीले अप्रेसन चलाएर स्थानीय बासिन्दालाई आतङ्कित पार्ने काम गरेको भन्दै उक्त हर्कत तत्काल बन्द गर्न माग समेत गरेका छन् ।