
काठमाडौं – भारतीय सिने जगतका प्रख्यात अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा आज निधन भएको छ ।

बुढ्यौली उमेरमा हुने रोगबाट ग्रसित भएपछि उनी उपचारका लागि मुम्बइको एक अस्पतालमाएक हप्ताअघि भर्ना भएकाथिए ।
बिज्ञापन



बलिउडमा ‘ट्रयाजेडी किङ’ उपनाम पाएका दीलिपकुमारले फिल्म क्षेत्रमा ६ दशक बिताएका थिए । यो अवधिमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनको वास्तविक नाम युसुफ खान हो।

उनी विभिन्न अवार्डबाट सम्मानित भएका थिए ।
सोमबार उनको स्वास्थ्य अवस्थमा केही सुधार भएको भन्दै उनकी श्रीमती सारा बानुले प्राथनाका लागि सबैलाई आग्रह गरेकी थिइन् ।