
काठमाडौ । आफ्ना कार्यकर्ताको हत्या भएको भन्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर देखिन थालेको छ । ठाउँठाउँमा बम भेटिएको छ । केही ठाउँमा बम विस्फोट भएको छ ।

बिज्ञापन



बन्द आह्वान गरेको दिन मंगलबार बिहान ललितपुरको जावलाखेलमा प्रेसर कुकर बम भेटिएको छ । बम नेपाली सेनाले डिस्पोज गरेको छ । त्यस्तै, मोरङको बूढीगंगामा पनि बम भेटिएको छ ।

कैलालीमा पनि बम विस्फोट भएको छ । जिल्लाको गौरीगंगा नगरपालिकाको कार्यालयमा मंगलबार विहान ४ बजे बम विस्फोट भएको कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । विस्फोटका कारण ठूलो क्षति भएको छैन ।
त्यस्तै नुवाकोटको विदूर नगरपालिकामा पनि बम विस्फोट भएको समाचार छ ।