चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा चालकको मृत्यु

बुटवल : पाल्पाको चरचरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका – ५ चरचरे कालिमाटीमा बुधबार बिहान चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटनामा परेको थियो ।

बिज्ञापन

टिपर सडकबाट करिब एक सय ५० मिटर तल तिनाउ नदीमा खसेको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार दुर्घटनामा परेर चालक पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्बर ५ विरकोटका ३६ वर्षिय सुदीप गैरेको मृत्यु भएको छ ।

गैरेलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि लगिएको थियो ।

टिपर तिनाउ नदीमा खसेर डुबेको अवस्थामा भेटिएकोले सहचालक वा अरू कोही उक्त टिपरमा भए नभएकोबारे खोजी भइरहेको प्रहरीले जनाएको छ ।