थप १८३१ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै आइतबार देशभर २० जना संक्रमितको मृत्यु भएको छ।

बिज्ञापन

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३३ संक्रमणमुक्त भएका छन्।

गत चौबीस घन्टामा ५ हजार ५ सय ३५ पीसीआर तथा ३ हजार ६ सय ८३ एन्टिजेन परीक्षण भएको छ।