थप २३७० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बिज्ञापन

यस्तै सोमबार १ हजार १ सय ३३ संक्रमणमुक्त भएका छन्।

गत चौबीस घन्टामा ७ हजार ६ सय ८९ पीसीआर तथा ३ हजार ८ सय ९५ एन्टिजेन परीक्षण भएको छ।