
काठमाडौं – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी पार्टी केन्द्रीय कार्यालयमा जारी छ ।सरकार गठन एवम् राजनीतिक तथा समसामयिक विषयमा बैठकमा छलफल भइरहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए ।
पछिल्लो समय सर्वोच्च अदालतको सोमबारको फैसलाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरेसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्ने बताइएको छ ।