
काठमाडौँ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल चिट चोरेको कारण रेस्टिकेट भएको खुलासा भएको छ । वालिङ बहुमुखी क्याम्पसमा आइएलको परिक्षा दिँदै गर्दा चिट चोरेपछि उनलाई रेस्टिकेट गरिएको तथ्य सार्वजनिक भएको हो ।

वालिङ बहुमुखी क्याम्पसका तात्कालिन क्याम्पस प्रमुख मधुसुधन पाण्डेयले वर्तमान भूमिसुधार मन्त्री पद्मा अर्याल चिट चाेरेकै कारण रेस्टिकेट भएको कुरा सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले मन्त्री अर्याललाई चिट चोर्दै गर्दा आफैले रंगेहात समातेको र आफैले रेस्टिकेट समेत गरेको बताएका छन् ।
बिहीबार सामाजिक संजालमा पाण्डेयले लेखेका छन्, ‘ती भूमीसुधार मन्त्रीलाई त मैले वलिंग ब. क्याम्पसमा आइएलको जाँच दिँदै गर्दा चिट चोरको फेला पारेर रेस्टिकेट गरेको थिएँ । त्यतिबेला म क्याम्पस प्रमुख थिएँ ।’
लेखक र पत्रकार समेत रहेका पाण्डेयले गुठी विधेयकका कारण मन्त्री अर्यालको चौतर्फी विरोध भएपछि यस्तो आरोप लगाएको आशंका गरिएको छ ।